देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

लागूऔषध सहित काठमाडौंका विभिन्न स्थानबाट ४ पक्राउ

0

(काठमाडाैं) – अवैध लागूऔषध सहित काठमाडौंका विभिन्न स्थानबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट अवैध लागूऔष सहित एक जना पक्राउ परेका छन् ।

चरेश ५ सय ग्राम सहित चितवन रत्ननगर नगरपालिका ५ का २६ वर्षीय संजय महतोलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । आरए २३९ को उडानबाट दोहा कतार जान लागेका उनलाई उक्त विमानस्थलको प्रस्थान तर्फको चेकिङ एरियामा जाँच गर्ने क्रममा झोलामा लुकाइछिपाई राखेको उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

साथै महोतोलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहितको झोला दिने सप्तरी सुरुङ्गा नगरपालिका ३ का ३० वर्षीय दिपक कुमार भगतलाई टोखा नगरपालिका १० सामाखुसी चोकस्थित सडकबाट प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी काठमाडौं महानगरपालिका–३२ पेप्सीकोला चोकस्थित सडकबाट नियन्त्रित लागूऔषध बारा निजगढ नगरपालिका–९ का २६ वर्षीय विकेन्द्र सुवेदीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्ररीले उनलाई पक्राउ गरेको हो ।

उनको साथबाट बुप्रेनोर्फिन ५७ एम्पुल, डाइजेपाम ५६ एम्पुल र फेनारगन ६० एम्पुल प्रहरीले बरामद गरेको छ ।

यसैगरी काठमाडौं महानगरपालिका–९ गौशलास्थित सडकबाट नियन्त्रित लागूऔषध सहित रौतहट चन्द्रनगर नगरपालिका–८ का २१ वर्षीय विशाल बस्नेत पक्राउ परेका छन् ।

डाइजेपाम ८ एम्पुल, बुप्रेनोर्फिन ८ एम्पुल, र फेनारगन ८ एम्पुल सहित बस्नेतलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार