देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

लागूऔषध सहित विभिन्न स्थानबाट ८ जना पक्राउ

0

काठमाडौं – लागूऔषध सहित बारा, मोरङ, रुकुम पश्चिम र मकवानपुरका विभिन्न स्थानबाट ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका-२१ चकरीबाट करिब ४ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने २९ वर्षीय राजेश प्रसाद यादव लगायत ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ना.५ प ५७४ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले जाँच गर्दा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

मोरङको सुनवर्षी नगरपालिका-९ डाइनियाबाट नियन्त्रित लागूऔषध एकसय एमएलको १ बोतल स्काफ प्रोसिभन, ११ ट्याब्लेट नाईट्राभेट, ४२ ट्याब्लेट ओपिडोल र १ थान मोबाईल सहित पथरी शनिश्चरे नगरपालिका-४ बस्ने २२ वर्षीय बिक्रम पासवाललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी डाईनियाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

रुकुम पश्चिमको बाफिकोट गाउँपालिका-६ परिवनबाट करिब २ केजी अवैध लागूऔषध चरेश सहित २ जनालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५० वर्षीया जसी राना र ५० वर्षीया मिना कुमारी शाही रहेका छन् । अस्थाई प्रहरी पोष्ट मग्माबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट करिब १० किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका-२ कुडेली बस्ने १९ वर्षीय मुकेश चेपाङ र सोही गाउँपालिका-१ बस्ने २५ वर्षीय राजकुमार गोले रहेका छन् । बा.३३ प ५६२५ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार