देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

लागूऔषध सहित विभिन्न स्थानबाट तीन जना पक्राउ

0

काठमाडौं – अवैध लागूऔषध सहित विभिन्न स्थानबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-२ बस्ने ३१ वर्षीय श्याम कृष्ण लासिवा, सुनसरीको धरान उपमहानगरपालिका-१ मा डेरा गरी बस्ने २३ वर्षीय गणेश राउत र वडा नम्बर-९ रोहिणी मार्ग बस्ने ४३ वर्षीय निरज भट्टराई रहेका छन् ।

भक्तपुरका लासिवालाई करिब २ सय ८५ ग्राम अवैध लागूऔषध पोल्याण्ड सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । लासिवाको घरमा लागूऔषध रहेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले घर तलासी लिने क्रममा उक्त पोल्याण्ड सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

धरान उपमहानगरपालिका-१ पुरानो बजारबाट नियन्त्रित लागूऔषध सहित राउत र भट्टराईलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले राउतको कोठाबाट नियन्त्रित लागूऔषध १७ बोतल डाइलेक्स डिसी, २ सय ४० क्याप्सुल स्पामो टोक्सिभन र भट्टराईको घरबाट ४ वट्टा नाईट्रोजन क्याप्सुल, ३ बोतल डाइलेक्स डिसी, ६६ क्याप्सुल स्पामो र नगद ९७ हजार रुपैयाँ सहित दुवै जनालाई पक्राउ गरेको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार