देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

लागूऔषध सहित सलार्हीबाट ४ पक्राउ

0

(सलार्ही) – अवैध लागूऔषध सहित चार जनालाई प्रहरीले सलार्हीबाट पक्राउ गरेको छ । ईश्वरपुर नगरपालिका–१३ को श्रीनगरबाट अवैध लागुऔषध नाइट्रोभ्याट, स्पास्मो र एक्सप्लोन सिरफ सहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा महोत्तरी बर्दिबास नगरपालिकाका खगेन्द्र महतो, सुजित मगर, सरोज बलम्पाकी मगर र दिलबहादुर मगर रहेका छन् ।

ईश्वरपुर नगरपालिका–१३ को श्रीनगरबाट लागूऔषध नाइट्रोभ्याट १० लेखिएको ३ सय ट्याब्लेट, स्पास्मो १ सय ४४ ट्याब्लेट र एक्सप्लोन सिरफ पाँच हजार १ सय सय मिलिलिटर सहित दुईवटा मोटरसाइकल र त्यसमा सवार चार जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलय केशरगञ्ज बयलवासले जनाएको छ ।

बुधबार दिउँसो गस्ती गर्ने क्रममा ईश्वरपुर नगरपालिका–१३ को श्रीनगरबाट सो परिमाणको अवैध लागूऔषध बरामद गरेको इलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवासले जनाएको छ । उनीहरुले प्रयोग गरेको दुई मोटरसाइकल सहित ६ थान मोबाइल प्रहरीको नियन्त्रणमा लिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार