देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

लागूऔषध सहित १३ जना पक्राउ

0

(काठमाडौं) – ललितपुरको गोदावरी नगरपालिका–२ चापाखर्कबाट प्रहरीले १ सय केजी गाँजासहित स्थानीय ४४ वर्षीय सन्त सिंह तामाङ लगायत ३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग बाँडे गाउँबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेपनि अन्य २ जनाको नाम भने सार्वजनिक गरेको छैन् ।

यस्तै उदयपुरको बेलटार नगरपालिका–९ रामपुर का ३५ वर्षीय आकास तिम्सिना लगायत ३ जनालाई प्रहरीले ३ सय ग्राम गाँजा, नियन्त्रित लागूऔषध सहित पक्राउ गरेको छ ।

यसैबीच, रुकुम पश्चिमका विभिन्न स्थानबाट लागूऔषध सहित पक्राउ परेका ७ जनालाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । आठवीसकोटबाट करिब ३ सय ग्राम चरेश र ३० ग्राम अफिम सहित बलबहादुर चन्द, लक्ष्मण केसी, महेन्द्रकुमार केसी र विमलकुमार शाही पक्राउ परेका हुन् ।

झुल्नेटा बजारबाट प्रहरीले नियन्त्रित लागूऔषध सहित विष्णु कसेरा र गायस पुनलाई पक्राउ गरेको हो । मुसीकोट नगरपालिकाबाट प्रहरीले चरेश र कस्तुरीको दाह्रासहित रुकुम पूर्वका १९ वर्षीय सिलास बुढा पक्राउ गरेको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार