देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

लामिछानेलाई कार्बाहीको माग गर्दै कांग्रेस उपसभापति गुरुङले सभामुखलाई लेखे पत्र

0

काठमाडौं – नेपाली कांग्रेसका  उपसभापति तथा सांसद धनराज गुरुङले  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्को अवहेलनामा कारबाही गर्ने माग गर्दै सभामुख देवराज घिमिरेलाई पत्र लेखेका छन् ।

उपसभापति गुरूङले  आइतबार प्रतिनिधि सभाको रोस्ट्रमबाट तथ्यहीन  र आधारहीन आरोप लगाएर कांग्रेसका सांसदहरूमाथि मानमर्दन गर्न खोजेको उल्लेख गर्दै पत्र पठाएका हुन् । 

गृहमन्त्रीले अनैतिकरुपमा तथ्यहीन कुरा गर्दा संसद्को अवहेलना हुन पुगेको गुरुङले उल्लेख गरेका छन् । लामिछानेलाई बोलेको कुराहरु पुष्टि गर्न चुनौती दिँदै उपसभापति गुरुङले पुष्टि नभए उनीमाथी कारबाही गर्न माग गरेका छन् ।

‘प्रतिनिधि सभा नियमावलीको नियम २१९ मा सभाका सदस्यले पालना गर्नुपर्ने आचरण पनि निज गृहमन्त्रीले पालना नगरेकोले सो तर्फ समेत विचार गरि निजलाई संसद्को अवहेलनामा कारबाही गर्न गम्भीर रुपले माग गर्दछु । साथै कूटनीतिक राहदानी दुरुपयोग गरेको भन्ने आरोपको सम्बन्धमा सम्मानित सर्वोच्च अदालतले २०६४ असोज २४ गते गरेको फैसलाको प्रतिलिपी यसै निवेदनसाथ संलग्न गरेको छु’ गुरुङको पत्रमा उल्लेख छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार