देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

लामो दुरिका यातायात र आन्तरिक उडान भदौ मसान्तसम्म बन्द

0

काठमाडौँ – सरकारले लामो दूरीका यातायातका साधन र आन्तरिक हवाइ उडान भदौ मसान्तसम्म सञ्‍चालन नगर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ बसेको मन्त्रीपरिषद बैठकले कोरोना संक्रमण फैलिने क्रम नरोकिएकाले लामो दूरीका यातायात र आन्तरिक हवाइ उडान भदौ मसान्तसम्म नचलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यस्तै आइतबारको बैठकले वैदेशिक रोजगारीका लागि कुनै पनि देशमा कामदारहरूलाई खुला गरेमा त्यही देशका लागि श्रम इजाजत खोल्ने निर्णय पनि गरेको ती मन्त्रीले जनाए ।

मन्त्रीका अनुसार चीनको ल्हासाका लागि महावाणिज्यदूतमा सहसचिव नवराज ढकाल (उधोग, वाणिज्य तथा आपूर्ति मन्त्रालय) र हङकङका लागि महावाणिज्यदूतमा सहसचिव उदय रानामगर (गृह मन्त्रालय) नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार