देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

लायन्स क्लब अफ काठमाडौ फेलोसिपद्वारा राहत बितरण

0

सिन्धुपाल्चोक – लायन्स क्लब अफ काठमाडौ फेलोसिप ले गत मङ्सिर १ र ३ गते पाँचपोखरी थाङ्पाल गाउँपालिका ५ गुन्सा र ७ भोटेनामलाङका आगलागी पिडितलाइ खाद्यान्न कपडा र नगद बितरण गरेको छ ।

लायन्स क्लब अफ काठमाडौ नरदेवी फेलोसिपले गत मङ्सिर १ र ३ गते पाँचपोखरी थाङ्पाल गाउँपालिका ५ गुन्सा र ७ भोटेनामलाङका आगलागी पिडितलाइ खाद्यान्न कपडा र नगद बितरण गरेको छ ।आज गुन्साका र भोटेनामलाङका तीन तीन परिवारलाइ  ब्ल्यान्केट म्याट खाद्यान्न र प्रती परिवार रु पाँच हजार नगद बितरण गरिएको काठमाडौका फेलोसिप राजेश हिमालायले जानकारी दिए ।

राहत बितरणमा लायन्स क्लब काठमाडौका फेलोसिप हिमालय सहित युवराज गिरि लगयात उपस्थित थिए । लायन्सले यस अघि पनि जिल्लाका विभिन्न स्थानमा दुखमा परेका नागरिकलाई राहत तथा सहयोग गर्दै आएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार