देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

लिदि पहिरोमा थप ३ शव भेटिए, मृतकको संख्या २८ पुग्यो

0

सिन्धुपाल्चोक –  सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गत शुक्रबार बिहान गएको पहिरोमापरि बेपत्ता भएकामध्ये थप तीन जनाको शव फेलापरेको छ ।

एक बालक र दुई महिलाको शव बिहिबार बिहान फेला परेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए । पाँच वर्षीय सानुकान्छा दोङ, ४२ वर्षीया जिबिरानी दोङ र १८ वर्षीया ललिता दोङको शव आज फेला परेको हो । यससँगै पहिरोमा ज्यान गुमाउनेको संख्या २८ पुगेको छ ।

यसअघि २५ जनाको शव भेटिएको थियो भने ११ जना अझै बेपत्ता छन् । हालसम्म फेला परेका शव मध्ये १४ बालबालिका सहित १५ पुरूष र १३ महिला छन् ।

बेपत्ताहरूको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी जुटेका छन् । एक्साभेटर ल्याउन सकिने अवस्था नरहेकाले पिक, साबेल र कोदालो लगायत स्थानिय घरेलु औजारको भरमा शवको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार