देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

लिभरपुलसँग क्रिस्टल प्यालेस ७-० ले पराजित

0

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा साविकको विजेता लिभरपुलले क्रिस्टल प्यालेसविरुद्ध फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले क्रिस्टलको घरेलु मैदानमा ७–० को जित निकालेको हो ।

क्रिस्टलको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन रोवेर्टाे फिर्मिन्हो र मोहमद सालहाले दुई–दुई गोल गरे । त्यस्तै टाकुमी मिनामिनो, साडियो माने र जोर्डान होन्डरसनले एक–एक गोल गरे ।

पाहुना टोली लिभरपुलले खेलको तेस्रो मिनेटमा नै मिनामिनोको गोलबाट अग्रता लिएको थियो । ३६ औं मिनेटमा साडियो मानले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । ४४ औं मिनेटमा एन्ड्रिउ रोबर्टसनको पासमा फिर्मिनोले गोल गरेपछि लिभरपुलले पहिलो हाफमै ३–० को अग्रता लिएको थियो ।

५२ औं मिनेटमा कपन जोर्डन हेन्डरसनले गोल गरेपछि लिभरपुल फराकिलो जिततर्फ अग्रसर बनेको थियो । ६८ औं मिनेटमा फिर्मिनोले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुल खेलमा ५–० ले अघि बढायो ।

खेलको ८१ औं मिनेटमा सब्सिच्युट मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई ६–० ले अघि बढाए । सलाह ५७ औं मिनेटमा साडियो मानेको स्थानमा मैदान छिरेका थिए । ८४ औं मिनेटमा सलाहले अर्को गाले थप्दै लिभरपुलको जित पक्का गरे ।

लिभरपुलले अंक तालिकाको शीर्ष स्थानमा ६ अंकको अग्रता खोलेको छ । यो जितपछि लिभरपुलको १४ खेलबाट ३१ अंक भएको छ ।

यससँगै डिफेन्डिङ च्याम्पियन लिभरपुलले लिग उपाधिका लागि आफ्नो बलियो दावेदारी पनि प्रस्तुत गरेको छ । टोटनहम २५ अंकमा दोस्रो स्थानमा छ । प्यालेस भने १८ अंकमा सीमित रहेर १२ औं स्थानमा रह्यो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार