देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

लिसंखुपाखरको अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमाले विजयी

0

काठमाडौँ – सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेकपा एमालेले जित निकालेको छ ।

गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका राजु लामाले तीन हजार ९२५ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जेठा लामाले तीन हजार १९ मत पाएका छन् ।

यस्तै उपाध्यक्षमा एमालेकी मिठु लामा निर्वाचित भएकी छिन् । उनले तीन हजार २५१ मत पाइन भने उनका निकटतम प्रतिस्पर्धी माया तामाङले तीन हजार १०६ मत पाइन् ।

२०७४ को स्थानीय निर्वाचनमा यो गाउँपालिका एमालेले जितेको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार