देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

लुकाई छिपाई राखेको काठ बरामद

0

(धनुषा) – लुकाएर राखेको अवस्थामा धनुषा प्रहरीले काठ बरामद गरेको छ । मिथिला नगरपालिका–३ मगर टोल क्षेत्रको खेत, बारी तथा झाडीहरुमा अपरिचित व्यक्तिले लुकाई छिपाई राखिएको सालको गोलिया काठ २९ थान र सालको चौकस ६ थान मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय ढल्केवर, सव–वन डिभिजन कार्यालय पुष्पलपुर र लालगढबाट खटिएको संयुक्त टोलीले उक्त काठ लुकाई छिपाई राखेको अवस्थामा फेला पारी बरामद गरेको हो ।

बरामद काठ सब–वन डिभिजन कार्यालय पुष्पलपुरमा बुझाउनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार