देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

लुम्बिनीका सभामुखलाई ठाकुरको पत्र, प्रदेशसभा सदस्यहरुलाई कुनै कारवाही भएको छैन

0

काठमाडौं – जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश सरकारमा सामेल ४ जना प्रदेशसभा सदस्यहरुलाई केन्द्रीय स्तरबाट कुनै कारवाही नभएको जनाएको छ । सो पार्टीका अध्यक्ष महन्थ ठाकुरले बिहीबार लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई पत्र लेख्दै उनीहरुलाई पार्टीको केन्द्रीय स्तरबाट कुनै कारवाही नभएको जानकारी दिएका हुन् ।

बिहीबार जसपा नेपालको लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयको वैशाख १६ गतेको पत्रअनुसार सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट निष्काशन गर्ने निर्णय भएको थियो । चारैजना केही दिनअघि लुम्बिनी प्रदेश सरकारमा सामेल भएका थिए ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार