देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

लुम्बिनीको मायादेबी मन्दिर सबैको लागि खुल्ला

0

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटकीय स्थल लुम्बिनीको मायादेवी मन्दिर सर्वसाधारणका लागि खुल्ला भएको घोषणा गरेका छन्। कोरोना महामारीको कारण गत चैतदेखि बन्द रहेको मन्दिर आजदेखि खुल्ला गरिएको मन्त्री भट्टराईले बताएका हुन्।

मन्त्री भट्टराईले मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन गरी अबदेखि मन्दिर खुल्ला हुने बताएका हुन्।  मंसिर ३ गते मायादेवी मन्दिरबाहेकको लुम्बिनी क्षेत्र घुम्नका लागि खुल्ला गरिएपनि लुम्बिनीको मुख्य आकर्षण मायादेवी मन्दिर नखुल्दा पर्यटक आगमन बढ्न सकेको थिएन।

मन्दिर प्रवेश गर्ने भक्तजन र सर्वसाधारणले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने, सेनिटाइज हुनुपर्ने, विकास कोषले लागू गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपले पालना गर्नुपर्ने, भिडभाड नगरी एक पटकमा आठ–दश जना मात्र प्रवेश गर्न पाइने व्यवस्था गरिएको लुम्बिनी विकास कोषले जनाएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार