देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

लुम्बिनीको मुख्यमन्त्रीमा महरा

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं -लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोखबहादुर महरा नियुक्त भएका छन्। 

माओवादी संसदीय दलका नेता महराले शुक्रबार बिहान ४४ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी पेश गरेपछी प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) अनुसार  महरालाई मुख्यमन्त्री नियुक्त गरेका हु्न्।

केन्द्रमा सत्ता समीकरणमा फेरबदल आएसँगै प्रदेशमा अल्पमतमा परेका मुख्यमन्त्री डिल्लीराज चौधरीले विश्वासको मत नपाउने भएपछि बिहीबार राजीनामा दिएका थिए।

उनले राजीनामा दिएलगत्तै प्रदेश प्रमुख शेरचनले दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि दावी पेश गर्न आह्वान गरेका थिए।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार