देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

लुम्बिनी प्रादेशिक अस्पतालमा एक संक्रमितको मृत्यु

0

रुपन्देही – बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–४ की ८० वर्षीया वृद्धाको उपचारको क्रममा सोमबार मृत्यु भएको हो ।

३ दिनदेखि ज्वरो आई श्वासप्रश्वासमा समस्या भएपछि सोमबार बिहान ११ बजे अस्पताल ल्याईएकी उनको एमरजेन्सी एक्सपर्ट टेस्टबाट पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

उपचारका क्रममा सोमबार दिउँसो १ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार