देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

लेवान्डोस्की यस वर्षको फिफा वर्ष खेलाडी घोषित

0

एजेन्सी – बायर्न म्युनिखका पोलिस स्टाईकर रोबर्ट लेवान्डोस्की यस वर्षको फिफा वर्ष खेलाडी घोषित भएका छन् । लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै लेवान्डोस्कीले वर्षको उत्कृष्ट पुरुष फुटबलरको अवार्ड प्राप्त गरेका छन् ।

स्विट्जरल्याण्डको ज्युरीचमा आयोजित कार्यक्रममा ३२ वर्षीय लेवान्डोस्कीलाई फिफले विजेता घोषणा गर्दै अवार्ड प्रदान गरेको हो । अघिल्लो सिजनका ४७ खेलमा लेवान्डोस्कीले ५५ गोल गरेका थिए ।

तीन प्रतियोगितामा सर्वाधिक गोलकर्ता रहे, बुण्डेसलिगा, जर्मन कप र च्याम्पियन्स लिगमा । च्याम्पियन्स लिगमा लिओनल मेस्सी (११८) र क्रिस्टियानो रोनाल्डो (१३४) ले मात्र लेवान्डोस्की (७१) भन्दा धेरै गोल गरेका छन् ।

विश्व फुटबलको सर्वोच्च संस्था फिफाले सार्वजनकि गरेको वर्ष खेलाडीको सूचीमा लेवान्डोस्की, अर्जेन्टिनाका स्टाईकर मेस्सी र पोर्चुगिस स्टार रोनाल्डोलाई अन्तिम तीन खेलाडीमा मनोनयन गरेको थियो ।

लेवान्डोस्की बालेन डी ओरको समेत मुख्य दाबेदार रहेका थिए । तर कोरोना भाईरसको महामारीका कारण सो अवार्डनै रद्ध हुने पुग्यो । लेवान्डोस्कीले राष्ट्रिय टिमका लागि ११६ खेल खेल्दै ६३ गोल गरेका छन् । उनी पोलिस फुटबलको इतिहासमै उत्कृष्ट खेलाडी हुन् ।

लकी ब्रोन्जले वर्ष महिला खेलाडीको अवार्ड प्राप्त गरिन् । ब्रोन्ज यसै सिजन ईङ्ल्याण्ड र म्यान्चेष्टर सिटी फर्किएकी छिन् । उनले गत सिजन लियोनमा बिताएकी थिईन् । उनले गत सिजन लियोनबाट चार उपाधि जितेकी थिईन् ।

सिटीलाई उनले नयाँ उचाईमा च्याम्पियन्स लिगसम्म लैजाने अपेक्षा गरिएको छ । उनले लियोनकी सहकर्मी वेन्डी रेनार्ड र चेल्सीकी विश्व कीर्तिमानी मुल्यकी खेलाडी पेरनील हार्डरलाई पछि पार्दै सो अवार्ड प्राप्त गरेकी हुन् ।

बायर्नका म्यानुअर नोयरले वर्ष गोलकिपरको अवार्ड प्राप्त गरे । लिभरपुलका एलिसन र एट्लेटिको मड्रिडका जान ओब्लाकलाई पछि पार्दै उनले वर्ष गोलकिपरको अवार्ड प्राप्त गरे । महिलातर्फ सोही उपाधि लियोनकी सारा बुहद्धीले प्राप्त गरिन् ।

लिभरपुलका योर्गेन क्लोपले वर्ष प्रशिक्षकको अवार्ड प्राप्त गरे । बायर्नका हान्सी फ्लिक र लिड्सका मार्सेलोलाई पछि पार्दै क्लोपले लगातार दोस्रो वर्ष सा अवार्ड प्राप्त गरेका हुन् । महिलातर्फको वर्ष प्रशिक्षकको अवार्ड भने नेदरल्याण्डकी सरीना वेगमेनले प्राप्त गरिन् ।

सन ह्युङ मिनले पुस्कार अवार्ड प्राप्त गरे । टोटेनहमका फरवार्डले वर्नलीविरुद्ध गरेको गोलले उनलाई पुस्कास अवार्ड दिलायो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार