देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

लोसपालाई एमालेसँग मिल्न नदिने रणनीतिमा प्रधानमन्त्री देउवा

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई सरकारमा ल्याउने गरी लोसपा अध्यक्ष महन्थ ठाकुर र अन्य नेतालाई बालुवाटार बोलाएर निरन्तर सम्वाद गरिरहेका छन्।

आसन्न स्थानीय तह निर्वाचनमा चुनावी तालमेलसहित सरकारमा सहभागी गराउनेगरी प्रधानमन्त्री देउवाले सम्वाद अगाडि बढाएको वालुवाटार स्रोत बताउँछ ।

स्रोतका अनुसार लोसपाले प्रतिपक्षी नेकपा एमालेसँग चुनावी तालमेल गर्ने मनस्थिति बनाएका बेला प्रधानमन्त्री देउवाले माग सम्बोधनको लिखित प्रतिबद्धता जनाएरै सरकारमा सहभागी गराउन चाहेका छन्।

लोसपा अध्यक्ष ठाकुर लिखित प्रतिबद्धता आए सरकारमा जाने, सत्ता गठबन्धनमा पनि मिसिएर चुनावी तालमेल गर्ने पक्षमा छन्। सहमति नभए एमालेसँग तालमल गर्ने उनको रणनीति छ।

यस्तोमा प्रधानमन्त्री देउवाले एमालेसँग मिल्न नदिइ सरकारमै सहभागी गरार गठबन्धनमा सामेल गर्न पहलकदमी लिएका हुन्। यसका लागि आफू हँदैसम्मको लचकता अपनाएर गुन तिर्न चाहेको देउवाले बताउने गरेका छन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार