देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

लोसपा उम्मेदवार मेहताको उम्मेदवारी खारेज

0

काठमाडौं – निर्वाचन आयोगले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ।

आयोगले सुनसरी जिल्ला प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र–४(२) मा लोसपाका उम्मेदवार रहेका मेहताको उम्मेदवारी खारेज गरिदिएको हो।

बहुविवाहसम्बन्धी कसुरमा कैद सजाय पाएका मेहताले सो कैद भुक्तान नगरेकाले अयोगले उनलाई अयोग्य ठहर गरेको हो।

‘प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ खण्ड (च) बमोजिम मेहताले बहुविवाहसम्बन्धी कसुरमा कैद सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ३ वर्ष पूरा नभएकाले निजको उम्मेदवारी अयोग्य ठहर भई खारेज गरिएको हो,’ आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

द्वारा लेखिएको

भवनाथ आचार्य

सम्बन्धित समाचार