देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

वडाध्यक्षले कुटेका सचिवको टाउकोमा १६ टाँका

0

काठमाडौं – सर्लाही बलरा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष अवधेश मण्डलले आफ्नै वडाका सचिव रामेश्वर पण्डितलाई कुटेका छन् ।

वडाध्यक्षबाट राजीनामा दिएर वडाको सबै सरसमान बरबुझारथ गर्न आएका मण्डलले ल्याएको भर्पाईमा सही गर्न नमानेका कारण आफूलाई कुटेको सचिव पण्डिले बताए ।

‘वडा कार्यालयमा भएका सबै सामान बरबुझारथ गरेको र आफूले जिम्मा लिएको कागज गरिदिएको थिएँ’, मण्डलले भने, ‘उनले फेरि अर्को कागज ल्याए, जुन कागजमा मैले सही गर्न मिल्ने थिएन, त्यसका सही गर्दिन भनेपछि मलाई कुर्सीले हाने ।’

वडाध्यक्षको कुटाइबाट घाइते भएका पण्डितलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेपछि थप उपचारका लागि सर्लाही अस्पतालमा लागिएको छ ।

तर वडाध्यक्ष मण्डललसँग सम्पर्क गर्दा आफूले कसैलाई हातपात नगरेको बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार