देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

वन्यजन्तुको अखेटोपहार सहित टोखाबाट दुई पक्राउ

0

काठमाडौं – संरक्षित जन्तु सुनगोहोरसहित वन्यजन्तुको अखेटोपहार बेचबिखन तथा ओसार पसारमा संलग्न दुई जनालाई काठमाडौंको टोखाबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको कानेपोखरी नगरपालिका–१ निवासी ४१ वर्षीय भेष बहादुर थापा र तेह्रथुमको लालिगुँरास नगरपालिका–४ का बस्ने ४६ वर्षीय डिल्लीमान पौडेल रहेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले उनीहरूलाई गोप्य सूचनाका आधारमा मंगलबार टोखा नगरपालिका–२ चण्डेश्वरीबाट पक्राउ गरेको हो ।

संरक्षित वन्यजन्तुको आखेटोपहार एवं जिवित सुनगोहोरोको अवैध रुपमा ओसारपसार तथा बेचबिखन हुन लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीको महाराजगञ्जबाट खटिएको सीआईबीको टोलीले टोखाको चण्डेश्वरीबाट उनीहरुलाई पक्राउ गरेको प्रहरी उपरीक्षण बेल बहादुर पाण्डेले बताए ।

उनीहरुको साथबाट संरक्षित वन्यजन्तु चितुवाको आखेटोपहार एक थान र ८ वटा सुनगोहोरो बरामद भएको बरामद भएको प्रहरी उपरीक्षण पाण्डेले बताए । पक्राउ परेका दुबै जनालाई आवश्यक कारबाहीका लागि काठमाडौंको बुढानिलकण्ठस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको कार्यालयमा बुझाईएको सीआईबीले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार