देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

वरिष्ठ गायक जगतमर्दन थापाको निधन

0

काठमाडौं – वरिष्ठ गायक जगतमर्दन थापाको उपचारको क्रममा सोमबार निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालको भेन्टिलेटरमा उपचाररत ८५ वर्षीय गायक थापाको सोमबार बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

लामो समयदेखि अस्वस्थ्य रहेका थापाको एक महिना भन्दा अघिदेखि नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । त्यसअघि गायक थापा कोरोना भाइरसको संक्रमण जित्न सफल भएका थिए ।

कोरोना मुक्त भएपछि सामान्य अवस्थामा फर्केका थापाको छातीमा अचानक समस्या देखिएपछि उनलाई केही दिनदेखि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

८५ औं जन्मोत्सवको अवसरमा छैठौं एल्बम तयारी गर्ने व्यस्तताको क्रममा नै थापा अस्वस्थ भएका हुन् ।

१९९५ असार १७ मा जन्मिएका थापा २०२० देखि गायनमा सक्रिय रहँदै आएका थिए । उनको नयाँ एल्बमको तयारी भइरहेको थियो । उनका ‘भन लौ तिमी नढाँटी’, ‘आशाको दियो बालेर’, ‘माया लुकाइ लुक्दैन’ सहितका दर्जनौं गीत चर्चित छन् । उनको सोमबार नै अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार