देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

वाक् तथा प्रेस स्वतन्त्रताको पक्षमा सरकार दृढ छ – प्रधानमन्त्री

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका निम्ति नेपाली सञ्चारमाध्यम र सञ्चारकर्मीले खेलेको महत्त्वपूर्ण भूमिकाको प्रशंसा गरेका छन् ।

आठौं राष्ट्रिय पत्रकारिता दिवसको सुखद् अवसरमा आइतबार एक शुभकामना सन्देश जारी गर्दै दाहालले वाक् तथा प्रेस स्वतन्त्रताको पक्षमा सरकार दृढ रहेको बताए ।

प्रधानमन्त्री दाहालले पत्रकारिता पेशाभित्र नै श्रमजीवी पत्रकारहरूले आफ्नो जीवन देख्नसक्ने परिस्थिति निर्माणका लागि सरकारले सम्भव पहल लिने विश्वास दिलाउँदै आ–आफ्नो क्षेत्रबाट जिम्मेवारपूर्ण भूमिका गर्नसमेत सम्बन्धित सबैमा अपील गरेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार