देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

वागमतीको मुख्यमन्त्रीमा बहादुर कि इन्द्र बहादुर ?

0

काठमाडौं – नेपालको केन्द्रिय राजधानी समेत रहेको वागमती प्रदेशमा ३७ सीटसहित पहिलो दल बनेको नेपाली कांग्रेसभित्र मुख्यमन्त्रीको विषय पेचिलो रुपमा उठिरहेको छ ।

चुनावअघिसम्म संसदीय दलमा करिब-करिब सर्वसम्मत देखिएका कांग्रेसका वागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँमाथि पछिल्लो समय नुवाकोटका बहादुर सिँह लामा दर्विलो प्रतिष्पर्धीको रुपमा अघी आएपछी चुनौती थपिएको छ ।

कांग्रेस सभापती शेरबहादुर देउवा समुहको नेताको रूपमा चिनिएका बानियाँ देउवा प्यानलकै बहादुर लामासँग प्रतिस्पर्धा गर्नुपर्ने देखिएपछि गगन-शेखरको समुहतिर नजिकिन थालेका छन् ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका नुवाकोटका लामाले मुख्यमन्त्री हुने सर्तमा प्रदेशसभामा झरेर आफ्नो गृहक्षेत्रमा अर्जुननरसिंह केसीलाई समर्थन गरेपछी उनलाई प्रकाशमान सिंह र केसी समूहको समेत साथ मिल्ने देखिन्छ ।

बालुवाटारको नजर बहादुरमा परेपछी बानियाँले शेखर-गगन समूहको साथ खोजेको कांग्रेस उच्च स्रोतको भनाइ छ । पहिले जे भयो भयो अब यो पटक मिलेर अघि बढनुपर्छ भन्ने बानियाँको प्रस्ताव शेखर-गगन समूहमा पुगेको छ । बानियाँको उक्त प्रस्तावलाई देउवा एतर समुहले पनि सकारात्मक रुपमा लिएको स्रोत बताउँछ ।

वागमती प्रदेशसभा निर्वाचित सांसदमा भने देउवा प्यानलको बहुमत रहेको छ । एउटै प्यानलबाट दुईजना उम्मेदवार बन्दा पार्टी सभापतिको आधिकारिक धारणा कुर्ने र सभापति लामाप्रति लचक देखिएपछि बानियाँ क्याम्प चेञ्जको ध्याउन्नमा रहेको उनीनीकट एक नेता बताउँछन् ।

मकवानपुर कांग्रेसमा इन्द्रबहादुर बानियाँ र कांग्रेस सह-महामन्त्री महालक्ष्मी उपाध्यय ‘डिना’ बीच अस्तित्वको लडाइँ चल्दै आएको छ । वालुवाटारसँग नजिकैको सम्बन्ध रहेकी डिना समानुपातिकको सुनिश्चित सिट छोडेर मकवानपुर १ मा प्रत्यक्ष चुनाव लडेर हार व्यहोरेकी थिईन ।

हारको कारण अन्तर्घात भएको र त्यसमा इन्द्र बानियाँ समूहको हात रहेको भन्दै डिनाले बालुवाटारमा रिर्पोट गरेसँगै बालुवाटार बानियाँप्रती पोजेटिभ नभएको बताइएको छ ।

काँग्रेसबाट चर्चामा यि दुई पात्र देखियतापनी केन्द्रिय सरकारको गठन पश्चात मात्रै कुन प्रदेशमा कसको सरकार गठनहुने भन्नेकुराको टुङ्गो लाग्ने देखिन्छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार