देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

वागमती प्रदेशका तीन मन्त्रीले दिए राजीनामा

0

काठमाण्डौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वागमती प्रदेशका तीन मन्त्रीले सामुहिक राजीनामा दिएका छन् । प्रचण्ड–माधव पक्षधरका वगामती प्रदेशका उद्योग,पर्यटन वन तथा वातवरण मन्त्री अरुण नेपाल,सामाजिक विकास मन्त्री युवराज दुलाल र आन्तरिक विकास मन्त्री शालिकराम जमकट्टेलले आज मुख्य मन्त्रीलाई राजीनामा बुझाएका हुन् ।

तिनै जना मन्त्रीहरुले मुख्यमन्त्री डोरमणी पौडेललाई दोषी देखाउँदै राजीनाम दिएका छन् । सयुक्त राजीनामामा भनिएको छ–’प्रदेश सरकार जनताको भावना अनुसार अघि बढ्नुपर्नेमा निकै सुस्त गतिमा सरकार अघि बढेको र यसो हुनुमा मुख्यमन्त्री मुख्य जिम्मेवार रहेका छन्’ । मुख्यमन्त्री पौडेलले मन्त्रीपरिषदका सदस्यहरुको सल्लाहा समेत नमानेर एकलौटी रुपमा अघि बढेको मन्त्रीत्रयको आरोप छ ।

यही सरकारको नेतृत्वमा प्रदेश सरकार अघि बढ्न सक्दैन,त्यसैले यो सरकारमा बसिरहन हामीलाई नैतिकताले पनि दिदैन मन्त्रीत्रयले भनेका छन् । मन्त्री नेपाल र दुलाल सिन्धुपाल्चोकका हुन भने जमकट्टेल धादिङका हुन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार