देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

वागमती प्रदेशको प्रदेश सभा बैठक बोलाउने तयारी

0
(हेटौंडा) – भौतिक दुरी कायम गर्दै वागमती प्रदेश सभा बैठक बोलाउने तयारी गरिएको छ । वजेट ल्याउने दिन नजिकिँदै जाँदा वागमती प्रदेशसभा पनि सञ्चालनको तयारी सुरु गरिएको हो । भौतिक दूरी कायम गरेर बैठक सञ्चालन गर्न प्रदेशसभाले तयारीसमेत थालिसकेको छ ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम लाई ख्याल गर्दै प्रदेश सभा सदस्यहरुलाई बस्ने व्यवस्था गरिने सभामुख सानुकुमार श्रेष्ठले जानकारी गराएका छन् । उनले जेठको पहिलो हप्तासम्म भौतिक दुरी कायम गर्दै प्रदेश सभा बोलाउने तयारी भइरहेको जानकारी दिए ।

वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आइतबार प्रदेश सभा भवनको निरीक्षण गरेका छन्  ।  आइतबार प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका १० मा रहेको प्रदेश सभा भवनमा सभा सञ्चालनको तयारीका लागि भवनको अवलोकन गरेका हुन् ।

सभा भवन अवलोकनका क्रममा मुख्यमन्त्री पौडेल र सभामुख सानुकुमार श्रेष्ठबीच भौतिक दुरी कायम गरेर बैठक सञ्चालन गर्ने बिषयमा छलफल भएको थियो ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार