देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

वामदेव गौतम राष्ट्रियसभाको सदस्यमा नियुक्त

0

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभाको सदस्यमा नियुक्त गरेकी छन् ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीलाई गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गरेकी हुन् । राष्ट्रपति कार्यालयका सचिव भेषराज अधिकारीले बिहीबार विज्ञप्ति जारी गर्दै सरकारको सिफारिसमा भण्डारीले गौतमलाई नियुक्त गरेको जानकारी दिएका छन् ।

राष्ट्रपति भण्डारीले नियुक्त गर्ने राष्ट्रिय सभाका तीन सदस्यको कोटा मध्ये एउटा पद झन्डै ६ महिनादेखि खाली थियो ।

तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीनमध्ये एक सिट फागुनदेखि खाली थियो ।

सो कोटामा नेकपाका उपाध्यक्ष गौतमलाई सिफारिस गर्ने निर्णय यसअघि नै नेकपाको सचिवालय बैठकले गरेको थियो । बुधबार मात्रै मन्त्रिपरिषद्ले गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार