देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

वायुसेवा निगमका महाप्रबन्धक पौडेल बर्खास्त

0

काठमाडौँ – मन्त्रिपरिषद्ले नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई बर्खास्त गर्ने निर्णय गरेको छ ।

निगममा भएका कामकारबाहीलाई लिएर सोधिएका स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको भन्दै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई बर्खास्त गर्ने निर्णय लिएको हो ।

पौडेललाई राष्ट्रिय सम्पतिलाई निजीकरण गर्न लागेको, निगमको व्यवस्थापन लगायतका विषयमा सरकारले स्पष्टिकरण माग गरेको थियो ।

पौडेललाई सोमबार बसेको मन्त्रिपरषद् बैठकले बर्खास्त गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले जानकारी दिए ।

एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पौडेललाई नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा नियु्क्त गरेको थियो ।

 

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार