देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

वार्षिक प्रतिवेदन नबुझाउने ११ कम्पनीको कारोबार रोक्का

0

काठमाडौं – वार्षिक प्रतिवेदन नबुझाएको भन्दै नेपाल स्टक एक्सचेञ्जले विभिन्न ११ वटा कम्पनीको सेयर कारोबार रोक्का गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन नबुझाएको भन्दै नेप्सेले सात वटा हाइड्रोपावर, एक जीवन बीमा कम्पनी, एक विकास बैंक र दुई लघुिवत्त सहित ११ वटा कम्पनीको सेयर कारोबार रोक्का गरेको हो ।

नेपाल धितोपत्र बोर्डको निर्देशन पछि नेपाल स्टक एक्सचेञ्जले ३ बैंक तथा वित्तीय संस्था, १ बिमा कम्पनी र ७ वटा हाइड्रोपावर कम्पनीहरुको सेयर कारोबार रोक्का गरिदिएको हो ।

नेपाल हाइड्रो डेभलपर लिमिटेड, पञ्चकन्या माइ हाइड्रोपावर लिमिटेड, पाँचथर पावर कम्पनी, राधि विद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, युनियन हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का गरेको हो ।

यस्तै, गुराँस लाइफ इन्स्योरेन्स, कर्णाली डेभलपमेन्ट बैंक, कालिका लघुवित्त वित्तीय संस्था र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको हो ।

नेपाल धितोपत्र बोर्ड र नेप्सेमा बुझाउनुपर्ने वार्षिक प्रतिवेदन लगायत वित्तीय विवरण नबुझाएकाले बोर्डको निर्देशन बमोजिम ती कम्पनीहरुको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार