देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

वालिङका किसानलाई दूधमा प्रतिलिटर १० रुपैयाँ अनुदान

0
<p>फोटो- भवानी अधिकारी</p>

फोटो- भवानी अधिकारी

काठमाडौं – वालिङ् नगरभित्रका दूध उत्पादक किसानले प्रतिलिटर १० रुपैयाँ अनुदान पाउने भएका छन्। नगरपालिकाले दूध उत्पादक किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले स्थानिय सहकारीसँगको समन्वयमा प्रतिलिटर  १० रुपैयाँ अनुदान दिने भएको हो।

चालु वर्ष २०८०/८१ को गाईभैसी प्रवर्द्धन कार्यक्रम अन्तरगत वालिङ नगरपालिका र अकला नमुना कृषि सहकारी संस्थाबीच सम्झौता भएको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिए।

सहकारीले उपलब्ध गराएको विवरणको आधारमा नगरपालिकाले सो रकम उपलब्ध गराउने जनाएको छ।

गाईपालक किसानलाई ५० हजार रुपैयाँसम्म सहयोग अनुदान दिने नगरप्रमुख कृष्ण खाँणले जानकारी दिए। उनले भने, ‘नगरपालिकालाई दूधमा आत्मानिर्भर बनाइ उत्पादनका आधारमा किसानलाई अनुदान दिने र युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्य लिएका छौं।’

बजार व्यवस्थापनको ग्यारेन्टीसँगै औषधि, बीमा र सडक व्यवस्थापनमा नगरपालिकाले सहयोग गर्ने उपप्रमुख कविता तिवारीले बताइन्। नगरभित्रका ७ सय घरले गाइ-भैंसी पालेर दैनिक ५ सय लिटर दूध उत्पादन गर्ने पालिकाको लक्ष्य रहेको उनको भनाइ छ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार