देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

विकल पौडेल भ्रष्टाचारी ठहर, २ वर्ष कैद र २५ करोड जरिवना तिराउने फैसला

0

काठमाडौं – सुरक्षण मुद्रण प्रकरणमा तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल दोषी ठहर भएका छन्।

विशेष अदालतले मंगलबार पौडेललाई दुई वर्ष कैद सजाय, २५ करोड विगो र त्यति नै जरिवाना भराउने फैसला गरेको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले यस्तो फैसला गरेको हो।

सुरक्षण प्रेसको सफ्टवेयर तथा अन्य उपकरण खरिदमा सरकारको सम्पत्ति गैरकानुनी तवरले हानिनोक्सानी गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले पौडेलसहित छजनाविरुद्ध ४० करोड ८५ लाख ७४ हजार ७४० रुपैयाँ विगोसहित मुद्दा दायर गरेको थियो।

म्याक्स इन्टरनेशनल तथा उक्त कम्पनीको सीईओ अकबर हुसेनले प्राप्त गरेको ठेक्कामा सामान आपूर्ति गर्ने विदेशी कम्पनीले कमिसन वापतको रकम पौडेलको सिंगापुरमा रहेको एकल खातामा तथा पौडेलको श्रीमतीको न्यूयोर्कको बैंक अफ अमेरिकामा रहेको संयुक्त खातामा जम्मा गरी मतियारको कसूर गरेको अख्तियारले जनाएको थियो।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार