देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

विजयकुमार गच्छदार सांसदबाट निलम्बित

0

(काठमाडौं) – संघीय संसद सचिवालयले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलका उपनेता विजयकुमार गच्छदार सांसदबाट निलम्बित भएको जनाएको छ । संसद सचिवालयले शुक्रबार सूचना प्रकाशित गरी गच्छदार सांसदबाट निलम्बित भएको जनाएको हो ।

बालुवाटास्थित ललिता निवासको जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदार विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको सूचना संसदलाई दिएको जनाएको छ ।

 भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ अनुसार गच्छदार सांसदबाट माघ २२ देखि स्वत: निलम्बित भएको संसद सचिवालयको सूचनामा उल्लेख गरिएको छ ।

भ्रष्टाचार मुद्दा दायर हुनासाथ सांसद पद स्वत: निलम्बनमा पर्ने कानूनी व्यवस्था छ । अदालतबाट सफाइ पाएको खण्डमा भने उनको सांसद पदमा पुनर्बहाली हुनेछ । कांग्रेस उपसभापति समेत रहेका गच्छदार भौतिक योजना मन्त्री रहेका बेला बालुवाटार ललिता निवासको जग्गा अनियमिततामा संलग्न रहेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

उनीसँग अख्तियारले ९ करोड भन्दा बढी विगो मागदावी समेत गरेको छ । अख्तियारले राजनीतिक पूर्वाग्रहले प्रेरित भई गच्छदार विरुद्ध मुद्दा दायर गरेको भन्दै कांग्रेसले बिहीबार र शुक्रबार संसद अवरुद्ध गरेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार