देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

विजुलिको प्रसारण लाइनमा झुण्डिएका युवकको उद्धार

0

काठमाडौँ – नुवाकोटको ककनी गाउँपालिकास्थित विद्युत्‌को प्रसारण लाइनमा झुण्डिएका युवकलाई नेपाली सेनाले उद्धार गरेको छ । तालिमप्राप्त सैनिकहरु टावरमा चढेपछि शनिबार बिहानदेखि तारमा बस्दै आएका व्यक्ति आफैं ओर्लिएका हुन् ।

ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङका अनुसार ककनी वडा नम्बर ७ घाँडेफेदीबाट उनलाई तल झारिएको हो ।

उच्च भोल्टेज क्षमताको प्रसारण लाइनमा बेलकोटगढी नगरपालिका १३ का प्रेम बिक शनिबार बिहान ११ बजेतिर चढेका थिए । उनी पोलमा चढ्न थालेपछि करेन्ट लाग्न सक्ने भन्दै स्थानीयको खबरपछि प्राधिकरणले उक्त प्रसारण लाइनको बिजुली काटेको थियो ।

बिक तारमा झुण्डिएर हिँडिरहेको अवस्थामा स्थानीयहरूले भिडियो समेत सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा बिकले मानसिक सन्तुलन गुमाएको पनि बताइएको छ ।

बिक तारमा झुण्डिएको तस्बिर र भिडियो शनिबार दिनभर सामाजिक सञ्जालमा व्यापक रुपमा भाइरल भएको छ ।

झन्डै ८ घण्टापछि बिकलाई सेनाको टोलीले उद्धार गरेको हो । बिक तारमा चढेर लामो समय नओर्लिएका कारण देशभरको विद्युत् व्यवस्थापन प्रणाली अस्तव्यस्त भएको थियो ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार