देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

विद्युतीय बस चलाउँदै महानगरपालिका

0
<p>फाइल फोटो</p>

फाइल फोटो

ललितपुर – ललितपुर महानगरपालिकाले पर्यटक, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र बालबालिकालाई निःशुल्क सेवा दिने गरी विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।

प्रारम्भिक चरणमा चारवटा विद्युतीय सवारीसाधन सञ्चालन गर्न लागिएको ललितपुर महानगरपालिकाले जनाएको छ । आवश्यकताका आधारमा अरू छवटा विद्युतीय सवारीसाधन थपेर करिब एक महिनापछि विद्युतीय बस सञ्चालन गर्ने तयारी महानगरपालिकाले गरेको छ ।

“ललितपुर महानगरपालिकाले साझा यातायातसँग समन्वय गरेर विद्युतीय सवारीसाधन सञ्चालन गर्नेछ”, महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले भने, “स्थानीय तहले विद्युतीय बस सञ्चालन गर्नेमा ललितपुर महानगरपालिका पहिलो स्थानीय सरकार हुनेछ ।”

विद्युतीय सवारीसाधन सञ्चालन गरी पर्यटकलाई निःशुल्क सेवा प्रदान गरिएपछि महानगरपालिकाले कम्तीमा पर्यटकलाई तीन दिनको प्याकेज अन्तर्गत ललितपुरको पुल्चोक, पाटन दरबार क्षेत्र, लगनखेल, जावलाखेललगायतका क्षेत्रमा पर्यटकलाई विद्युतीय सवारीसाधनबाट निःशुल्क भ्रमण गराउने योजना महानगरपालिकाले बनाएको छ ।

पुल्चोकस्थित महानगरपालिकाको प्राङ्गणबाट पाटन दरबार क्षेत्र, लगनखेल, कुपन्डोल सानेपा, धोबीघाट जावलाखेललगायतका रुटमा महानगरपालिकाले विद्युतीय सवारीसाधन सञ्चालन गर्नेछ । उक्त सवारीसाधन खरिद गर्न करिब तीन करोड रुपियाँ लागत लाग्ने अनुमान महानगरपालिकाले गरेकोे छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार