देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

विद्युत् नियमन आयोगका अध्यक्ष बर्खास्त

0

काठमाडौं – सरकारले विद्यु्त् नियमन आयोगका अध्यक्षसहित दुई सदस्यलाई बर्खास्त गर्ने निर्णय गरेको छ।

हालसालै बसेको मन्त्रिपरिषद् बैठकले आयोग अध्यक्ष दिल्लीबहादुर सिंह तथा सदस्यहरू रामेश्वरप्रसाद कलवार र भागिरथी ज्ञवालीलाई बर्खास्त गरेको हो।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आयोग अध्यक्ष र सदस्यले आफ्नो जिम्मेवारी पूरा नगरेको भन्दै पदमुक्त गर्न लगेको प्रस्ताव मन्त्रिपरिषद् बैठकले सो प्रस्ताव स्वीकृत गरेसँगै अध्यक्ष सहित दुई सदस्य स्वतः पदमुक्त भएका छन्।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले मन्त्रिपरिषद्ले आयोगका अध्यक्ष सहित दुई पदाधिकारीलाई पदमुक्त गरेर नयाँ प्रक्रिया सुरु गरेको बताए।

‘हालसालैको मन्त्रिपरिषद् बैठकले आयोगका अध्यक्षसहित पदाधिकारीलाई पदमुक्त गर्ने निर्णय ग¥यो,’ ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले भने, ‘पदमुक्त गरेर नै नयाँ प्रक्रिया अघि बढाइएको होला।’

मन्त्रालयले त्यसअघि उच्च अदालतका पूर्वमुख्यन्यायाधीश प्रकाशचन्द्र गजुरेलको अध्यक्षतामा विद्युत् नियमन आयोग २०७४ को दफा ९ बमोजिम आयोगका अध्यक्ष र सदस्यको कार्यक्षमताका कारण उनीहरूले तोकिएको जिम्मेवारी बहन गर्न नसकेको विषयमा छानबिन समिति गठन गरेको थियो।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्य नियुक्ति सिफारिस समितिले सार्वजनिक सूचना जारी गरेर आयोगको अध्यक्षसहित थप तीन सदस्यको लागि दरखास्त आह्वान गरेको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार