देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘विधानसम्मत निर्वाचित भएको हुँ, रोइलो गर्नुको अर्थ छैन’ – विनोद चौधरी

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफू विधिवत रूपमा १४ औं महाधिवेशनबाट निर्वाचित भएको दाबी गर्दै रोइलो गर्नुको कुनै अर्थ नरहेको बताएका छन् । चौधरीको केन्द्रीय सदस्य पद खारेज गर्न माग गर्दै उजुरी परेपछि उनले सो प्रतिक्रिया सार्वजनिक गरेका हुन् ।

सिरहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य डा.सुभाषचन्द्र यादवले निर्वाचन आयोगमा चौधरीको पद खारेज गर्न माग गर्दै उजुरी दिएका छन् ।

त्यसबारे प्रेस नोट जारी गर्दै चौधरीले भनेका छन्, ‘विधिसम्मत भएन भनेर रोइलो गर्नुको कुनै अर्थ छैन । नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा यस्तो व्यवहार अपेक्षित मानिदैंन ।’

महाधिवेशनमा निर्वाचन समितिले उम्मेदवारी दर्तापछि विधिवत रूपमा दावी विरोधको समय उपलब्ध गराएको भन्दै उनले भनेका छन्, ‘यदि म अयोग्य थिएँ भन्ने कसैलाई लागेको थियो भने त्यो समयमा किन दावी विरोध गरिएन ’ ?

यादवको उजुरीबारे चौधरीले भनेका छन्, ‘यसलाई मैले मेरो राजनीतिक सक्रियताबाट आत्तिएकाहरूको मनोदशाका रूमा लिएका छुँ । मेरो सपना समृद्ध नेपाल निर्माण गर्ने हो । यस अभियानमा नेपाली कांग्रेसको नेतृत्वलाई हदैसम्मको साथ दिन म राजनीतिमा आएको हुँ ।’

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार