देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

विनाशर्त कुनै विदेशी सहयोग स्वीकार गर्न हुँदैन : नेमकिपा

0

रासस/भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले इन्डो प्यासिफिक स्ट्राटेजी नेपालका लागि लाभदायक नभएको बताएका छन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनीयरिङको संयुक्त आयोजनामा आज भएको ‘एमसिसी र इन्डो प्यासिफिक स्ट्राटेजी’ विषयको अन्तरक्रियामा उनले एमसिसी सम्झौता अनुमोदन भए हाम्रै देशमा नेपालको ऐनकानुन नै नचल्ने खतरा हुने विचार राखे ।

कार्यक्रममा नेमकिपाका सचिव एवम् संघीय सांसद प्रेम सुवालले एमसिसी सम्झौता मान्नु भनेको अमेरिकी नेतृत्वको सैनिक गठबन्धनमा सामेल हुनु भएको विचार व्यक्त गरे। नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एमसिसी मात्रै नभई सरकारले विनाशर्त कुनै पनि विदेशी सहयोग स्वीकार गर्न नहुने बताए । सो अवसरमा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य इ सुजन माकले एमसिसीका बारेमा कार्यपत्र प्रस्तुत गर्दै सम्झौता अमेरिकाले अगाडि सारेको हिन्दप्रशान्त रणनीतिकै अङ्ग भएको जिकिर गरे । ख्वप कलेज अफ इञ्जिनीयरिङका प्राचार्य इ सुनिल दुवालले हिन्द प्रशान्त रणनीतिबारे कार्यपत्र प्रस्तुत गर्दै अमेरिकाले चीनविरुद्ध लड्न अन्य शक्ति राष्ट्रलाई आफ्नो खेमामा तान्ने प्रयास गरिरहेको विचार राखे।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार