देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘विभाजित कम्युनिस्टहरु हरियो रङदेखि तर्सिन थाले’ – महामन्त्री शर्मा

0

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हरियो रङसँग नतर्सिन प्रतिपक्षी नेकपा एमालेलाई आग्रह गरेका छन्।

बुधबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा महामन्त्री शर्माले विभाजित भएको कम्युनिस्ट पार्टी हरियो रङदेखि तर्सिएको टिप्पणी गरेका हुन्। विभाजनले कमजोर बनेका कम्युनिस्टहरु हरियो रङसँग पनि तर्सिन थालेको उनको भनाइ थियो।

महामन्त्री शर्माले भने, ‘ एउटा उखान चर्चामा छ, साउनमा आँखा फुटेको केले (गोरु)ले सधै हरियो देख्छ। अहिलेको परिस्थितिमा पार्टी विभाजित भएको कम्युनिस्ट पार्टी हरियो रङदेखि तर्सिन्छ भन्ने नयाँ उखान सुरु भएको छ। कसैले तर्सिनुपर्दैन। स्वस्थ प्रतिस्पर्धामा जाने हो। कांग्रेस मतदातालाई मत माग्न गएको हो। निर्वाचनमा सहभागी हुन अपिल गर्ने हो।’

मतपत्र र चुनाव चिन्हको रङ निर्वाचन आयोगले छनोट गर्ने भन्दै यो राजनीतिक दलको अधिकारको विषय नभएको पनि महामन्त्री शर्माले प्रष्ट पारे।

मतपत्र हरियो रुङको बनाउने निर्वाचन आयोगको निर्णयमा आपत्ति जनाउँदै प्रतिपक्षी दलका नेता केपी शर्मा ओले कांग्रेसको रुख चिन्हलाई फाइदा हुने आशंका गरेका बेला कांग्रेस महामन्त्रीले जवाफ दिएका हुन्।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार