देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

विभिन्न हातहतियार सहित तीन जना पक्राउ

0

काठमाडौं – विभिन्न हातहतियार सहित सुनसरी र सिरहाबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको भोक्राहा नरसिंह गाँउपालिका-७ बस्ने २३ वर्षीय टुम नारायण यादवलाई मेड ईन ईन्डिया लेखिएको १ थान पेस्तोल र सो पेस्तोलमा लाग्ने म्याग्जीनमा लोड गरेको २ राउन्ड गोली सहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।

यादवले स्थानीय मानिसहरुलाई ज्यान मार्ने धाकधम्की दिएको र घरमा पेस्तोल लुकाई राखेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा शौचालयको सेफ्टी टयाङकी छेउमा झोलाभित्र उक्त हतियार फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सिरहाको कर्जन्हा नगरपालिका-२ बन्दीपुर बजार बस्ने २२ वर्षीय डिम्पल यादव र २२ वर्षीय प्रेमनाथ यादवलाई १ थान कटुवा पेस्तोल, सो पेस्तोलमा लाग्ने १ थान गोली र नियन्त्रित लागूऔषध ६ थान नाईट्रोभेट ट्याब्लेट सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बन्दीपुरबाट गस्तीमा खटिएको प्रहरीले डिम्पललाई स.७ प२५५३ नम्बरको मोटरसाइकल र उक्त सामान सहित बन्दीपुर बजारमा फेला पारेपछि थप अनुसन्धानको क्रममा प्रेमनाथलाई समेत पक्राउ गरेको हो । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार