देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

विभिन्न हातहतियार सहित १ जना पक्राउ

0

पाँचथर – विभिन्न हातहतियार सहित पाँचथरबाट १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कुम्मायक गाउँपालिका-२ भन्ज्याङ बस्ने ५७ वर्षीय राजध्वज शेर्मा रहेका छन् ।

शेर्मालाई १ नाल भरुवा बन्दुक, १ थान भाँचिएर २ टुक्रा भएको भरुवा बन्दुक, करिब २ सय ग्राम बारुद जस्तो देखिने कालो धुलो पदार्थ, ११ थान डेटोनेटर जस्तो देखिने बस्तु र २.१५ मिटर डेटकर्ड जस्तो देखिने तार सहित शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

शेर्माले आफ्नै घरमा हातहतियार लुकाई राखेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले घर खानतलासी गर्ने क्रममा उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार