देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

विभूषण तथा सम्मान प्रदान गर्दै राष्ट्रपति – कुन सम्मान कसलाई ?

0

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो वैशाख १ गते नयाँ वर्षको अवसर पारेर विभिन्न विभूषण प्रदान गर्ने भएकी छन् ।

नेपाल रत्नसहित राष्ट्र गौरव तथा महाउज्जवल राष्ट्रदीपलगायत अन्य पदक तथा सम्मान प्रदान गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सम्मान तथा विभूषण पाउनेको सूची सार्वजनिक गर्दै नेपालरत्नबाट पूर्व प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईलाई सम्मान गरिने जनाएको छ ।

त्यसैगरी राष्ट्र गौरवबाट मन्त्रीपरिषद्का पूर्व अध्यक्ष स्वर्गीय सुवर्ण शम्शेर राणा र पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई प्रदान गरिने गृह मन्त्रालयले जनाएको छ ।

महाउज्ज्वल राष्ट्रदीप प्रधानन्यायनधीश चोलेन्द्र शमशेर जबरा, स्वरसम्राट स्व. नारायणगोपाल लगायत ६ जनालाई प्रदान गरिने गृह मन्त्रालयले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

राष्ट्रपतिले राष्ट्रसेवा पदक प्रथम श्रेणी तीन जनालाई, सुकीर्ति पदक १० जनालाई, सगरमाथा पदक सात जनालाई, वीरता पदक सात जनालाई, विकासरत्न पदक एक जनालाई र प्राकृतिक प्रकोप पीडितोद्धार पदक नौ जनालाई प्रदान गर्नेछिन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार