देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

विमलको गोलमा मौरिससविरुद्ध नेपालको ऐतिहासिक जित

0

काठमाडौं – नेपालले अफ्रिकी मुलुक मौरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा जित दर्ता गराएको छ। घरेलु मैदानमा भएको खेलमा नेपालले विमल घर्ती मगरको गोलमा जित दर्ता गराएको हो।

नेपालका लागि चर्चित स्ट्राइकर विमलले खेलको ५५ औँ मिनेटमा निर्णायक गोल गरेर नेपाललाई जित दिलाएका हुन् । अन्जन विष्टको लामो पासमा पेनाल्टी क्षेत्र बाहिरबाट विमलले प्रहार गरेको बलले पोस्टमा ठोकिएर जाली चुमेको हो।

पहिलो पटक अफ्रिकी टोलीसँग अन्तर्राष्टिय मैत्रीपूर्ण खेल खेलेको हो। नेपालले साफ च्याम्पियनसिपपछि नेपालले पहिलो अन्तर्राष्ट्रिय म्याच खेलेको हो। दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल मंगलबार हुनेछ।

एक वर्ष लामो इन्जुरीपछि पुनरागमन गरेका विमलले पहिलो खेलमै गोल गरेर आफूलाई एक पटक फेरि अब्बल प्रमाणित गरेका छन्।

विमलले यससँगै देशका लागि नवौँ गोल पनि गरेका छन्। नेपालले अब मौरिससविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल यही मंगलबार खेल्नेछ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार