देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘विराटनगरको मेयरमा दोहोरिन चाहन्छु’ – भीम पराजुली

0

काठमाडौं – विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले महानगरको विकास र समृद्धिका निम्ति फेरि पनि उम्मेदवार बन्न चाहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मेयर पराजुलीले भने, “म विगत ५ वर्षदेखि नैतिकता र इमानदारीपूर्वक विराटनगर महानगरपालिकाको विकास र समृद्धिमा निम्ति लागिपरेको छु । कांग्रेसले मेयर जितेको भनेर मलाई संघीय र प्रदेश सरकारको सहयोग नरहँदा नरहँदै पनि जनताको सुखदुःखमा जनप्रतिनिधि छौं भन्ने अनुभूति गराएका छौं । त्यसैले फेरि पनि उम्मेदवार बन्ने अभिलाषा राखेको छु । ”

उनले आफूले मेयरबापतको तलब, भत्ता, सेवा, सुबिधा समाजसेवामा लगाएको पनि बताए । पराजुलीले भने, “म आध्यात्मिक मान्छे हुँ, सात्विक हुँ । विराटनगरको मेयर भएपछि अरु भन्दा फरक ढंगले काम गर्ने संकल्प गरेँ । आफ्नो सेवा सुविधा भत्ता २६ लाखजति हुँदो रहेछ । त्यसलाई समाजसेवामा लगाएँ ।”

समाजमा इमानदार हुन कठिन रहेको पनि उनले अनुभव सुनाए । पराजुलीले थपे, “मैले भ्रष्टाचार गरेको प्रमाण ल्याए सार्वजनिक जीवनबाट सन्न्यास गर्छु लिन्छु भनेको थिएँ । मलाई अतिरिक्त सम्पत्ति आर्जन गर्नु छैन । बरु भएको सम्पत्ति पनि समाजसेवामै लगाउने संकल्प गरेको छु । त्यसैले मलाई कुनै चार्ज लागेन ।”

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार