देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

विराटनगरमा पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो लगाउने घाइते

0

काठमाडौं – विराटनगरका एकजना पुरुषले पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो लगाएका छन् ।

विराटनगर महानगरपालिका–२ का ३९ वर्षीय पवनकुमार कामतले मंगलबार साँझ ७:४० बजेतिर पेट्रोल खन्याएर आफैलाई आगो लगाएका हुन् । 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार घटना विराटनगर–७ हरियाली टोलमा बस्ने कामत शरीर जलेर गम्भीर घाइते भएको जानकारी बस्नेतले दिए ।

उनका अनुसार कामतको शरीरको ७० प्रतिशत भाग जलेको छ । उनलाई उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । 

केही समयदेखि पारिवारिक तनावमा रहेका कामतले केही दिनअघि पत्नीसँग समेत सम्बन्धविच्छेद भएको प्रहरीको भनाइ छ ।

डीएसपी बस्नेतले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार