देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

विववादकाबिच काठमाडौं महानगरले कपन खोला आज खोतल्ने

0
<p>फोटो सामाजीक सञ्जाल</p>

फोटो सामाजीक सञ्जाल

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने कपन खोला (यज्ञमती र चखुँचा खोला) आज खोतल्ने भएको छ।

शुक्रबार(आज) बिहान १० बजेबाट खोला खोतल्न सुरू गरिने काठमाडौं महानगरपालिका–७ का वडाध्यक्ष विमल होडाले जानकारी दिएका हुन्।

बिहीबार पनि काठमाडौं महानगरपालिकाको डोजर बूढानीलकण्ठ नगरपालिकाको सीमा क्षेत्रमा पर्ने साततले नजिकै खोला खोतल्न गएको थियो। तर, स्थानीय र जनप्रतिनिधिले प्रतिवाद गर्न थालेपछि खोला खोतल्ने महानगरको प्रयास सफल हुन नसकेको वडाध्यक्ष होडाले बताए।

‘कपन सधैं डुबानको चपेटामा छ। दुई वर्षअघि बाढीले बालक बगायो। अहिले पनि अलिकति पानी पर्नेबित्तिकै घर-घर पानी पस्छ । हामी दीर्घकालीन समाधान खोजिरहेका छौं। खोला त खोतल्नै पर्छ। हामी आज १० बजे साततलेबाट तलतिर खोतल्छौं,’ उनले भने।

उनले कपन बाढी नियन्त्रणका लागि भनेर संघ सरकारले २८ करोड र प्रदेशले ३२ करोड हाराहारी बजेट छुट्टयाएको बताए। तर बूढानीलकण्ठ नगरपालिकाले चासो नदेखाउँदा कामले गति लिन नसकेको उनले बताए।

बुढानिलकण्ठ नगरपालिका र काठमाडौं महानगरपालिका वडा नम्बर ७ को सीमाना पर्ने कपन खोलामाथि राखिएको स्ल्याब हटाउन डोजरसहित महानगरको नगरप्रहरीको टोली पुगेको बिहिबार कपन पुगेको थियो ।

स्ल्याब हटाउन गएको महानगरको नगरप्रहरी र स्थानीयबीच झडप समेत भएको थियो ।

काठमाडौं महानगरपालिकाले कुनै जानकारी नदिई एकाएक साततलेमा डोजर लगेपछि बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधिलाई स्थानीयले गुहारेका थिए । घटनास्थलमा मेयर मिठाराम अधिकारी,उपमेयर अनिता लामा र वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराई पुगेका थिए ।

डोजर रोक्ने क्रममा वडाध्यक्ष तथा बुढानिलकण्ठका प्रवक्ता नवराज भट्टराईमाथि महानगर प्रहरीले लछारपछार समेत गरेका थिए । स्थानीयको आक्रोशबीच महानगरले स्ल्याब हटाउन बल गरेपछि स्थिति थप तनाबग्रस्त हुन नदिन डोजरको चाबी खोसिएको प्रहरीले जनाएको छ ।

त्यसपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र बुनपाका जनप्रतिनिधिबीच वार्ता भएको थियो । वार्तापछी खोलाको सिमाना एकिन गरेर स्ल्याब हटाउने सहमती भएको बताइएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार