देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

विवादास्पद फैसला र आदेश बारे छानबिन गर्न माग

0

काठमाडौं – न्यायपालिकामा देखिएको विसंगति प्रति बारले मौनता सााधेको भन्दै असन्तुष्ट कानून व्यवसायीहरुले नेपाल बार एसोसिएसनमा ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल बार एसोसिएसनमा भेला भएका कानून व्यवसायीहरुले बुझाएको ज्ञापनपत्रमा न्यायपालिकाका विकृति र विसंगति हटाउन बारले तत्काल कदम चाल्नुपर्ने माग गरिएको छ ।

२१ बुँदे ज्ञापनपत्रमा हालैका विवादास्पद फैसला र आदेशहरुका बारेमा छानबिन हुनुपर्ने माग छ । कानून व्यवसायीहरुले त्यस्ता आदेश र फैसला अध्ययन गरी प्रतिवेदन दिन पूर्व न्यायाधीशहरु, वरिष्ठ अधिवक्ताहरु सम्मिलित समिति गठनको माग राखेका छन् ।

पेशी व्यवस्थापनमा स्वचालित प्रणाली अपनाइ प्रधानन्यायाधीशको स्वेच्छाचारिता नियन्त्रणको माग राखेका छन् । उनीहरुले नेपाल बार एसोसिएसनको यसअघिको विवादास्पद विज्ञप्ति फिर्ता लिन पनि माग गरेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार