देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

विवाहको आश्वासन दिएर बालिकाको बलात्कार, दुई पक्राउ

0

पर्वत – विवाहको आश्वासन दिएर बालिकाको बलात्कार गरेको आरोपमा पर्वतबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बालिका बलात्कारको आरोपमा पक्राउ परेका दुबै जनालाई पुर्पक्षका लागि थुनामा राखिएको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा नगरपालिका–८ बस्ने २१ वर्षीय टेकबहादुर श्रेष्ठ र बर्दियाको गुलरिया नगरपालिका–२ पण्डितपुरका २७ वर्षीय टेकबहादुर खड्का रहेका छन् ।

कुश्मामा भएका छुट्टाछुट्टै घटनाका दुबै आरोपित पर्वत जिल्ला अदालतको आदेशमा सोमबार पुर्पक्षका लागि थुनामा पठाएको हो । कुस्मा बजारकी एक १५ वर्षीया बालिकालाई विवाहको आश्वासन दिएर बलात्कार गरी गर्भवती समेत बनाएको आरोप श्रेष्ठमाथि छ ।

उनलाई यही असार १९ गते प्रहरीले पक्राउ गरेको थियो । खड्कालाई पनि कुश्मा बजारको एक होटलमा ल्याई १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा यही असार १७ गते प्रहरीले पक्राउ गरेको हो ।

श्रेष्ठले फेसबुकबाट चिनजान भएकी बालिकालाई विवाहको प्रलोभनमा पारेर गत पुस २ गते कुश्मा बजारमा रहेको आफ्नो कोठामा लगेर बलात्कार गरेको भनी पीडितले असार १९ गते प्रहरीमा उजुरी दिएकी थिइन् ।

पीडित बालिका छ महिनाको गर्भ रहेको पाइएको छ । यस्तै खड्कामाथि कुश्मा बजारस्थित एक होटलमा बलात्कार गरेको आरोप लागेको छ । उनीमाथि पनि विवाह गर्ने आश्वासन सहित होटलमा चार दिनसम्म राखेर बलात्कार गरेको आरोप छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार