देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

विश्वका आधा दुनिँयामा एमसीसी लागू हुँदा हाम्रो देशमा मात्रै किन आपत्ति? – मन्त्री झाँक्री

0

काठमाडौं – सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अमेरिकी सहयोग परियोजना एमसीसी स्वीकार्नु स्वभाविक भएको बताएकी छिन् ।

एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले एमसीसी स्वीकार गर्दैमा अमेरिकाको पराधिकार नेपालमा लागू नहुने बताएकी हुन् ।

मन्त्री झाँक्रीले अरु धेरै देशले सो सम्झौता स्वीकार गरेको भन्दै विश्वका आधा दुनिँयामा एमसीसी लागू हुँदा पनि हाम्रो देशमा भने सार्वभौमिकताको कुरा उठाएर चिन्तित भएको भन्दै आपत्ति जनाइन् ।

‘एमसीसी सरकारले स्वीकार गरेर ल्याएको अनुदान हो, सहायता हो । यसलाई संसदमा डिबेट गरेर पास गरियो । अब हामीले गफ गरेजस्तै एमसीसी स्वीकार गर्दैमा अमेरिकन प्राधिकार यहाँ लागू हुने हो त ?’ मन्त्री झाँक्रीले भनिन्, ‘त्यो हो भने त हामी भन्दा अर्को आधा दुनियाँ त हुन्छ भन्ने छ नि त । उनीहरुले के कुरा नबुझेको हो ? हामी मात्रै सोभरेन्टीको लागि यति साह्रै चिन्तित भएको हो त ? त्यसो त नहोला ।’

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार