देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

विश्वकै सबैभन्दा होचा ‘टिनएजर’मा सिन्धुलीका डोरबहादुर

0

काठमाडौँ – सिन्धुलीका डोरबहादुर खपांगी विश्वकै सबैभन्दा होचा ‘टिनएजर’ (किशोर)को रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा आफ्नो नाम दर्ता गराएका छन् ।

गोलन्जोर गाउँपालिका–४ का १८ वर्षीय खपांगीको उचाइ ७३.४३ सेन्टिमिटर(२ फिट ४.९ इन्च) भएका उनलाई सोमबार पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मीले प्रमाणपत्र दिएका हुन् ।

उनलाई दिइएको प्रमाणपत्रमा भनिएको छ,’संसारको सबैभन्दा होचो टिनएजर(पुरुष) डोरबहादु खपांगी (१४ नोभेम्बर २००४ जन्म) जसको उचाइ ७३.४३ सेमि छ ।’

यसअघि ६१.९५ सेमी उचाइ भारतकी ज्यो एमेगलाई सन् २००९मा सबैभन्दा होची टिनएजरको उपाधि दिइएको थियो ।

गत कात्तिक दोस्रो साता नागरिकता पाएका उनलाई नागरिकता दिनुअघि जिल्ला प्रशासनले उमेर यकिन गर्न चिकित्सकको सहयोग लिएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार