देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भृकुटीमण्डप बडार्दै विश्वप्रकाश

0

काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा प्रचारप्रसारका लागि टाँगिएका सामग्री हटाइएको छ।

बुधबार १४ औं महाधिवेशन स्थल भृकुटीमण्डप परिसरलगायत काठमाडौं उपत्यकामा टाँगिएका प्रचारप्रसार सामग्री केन्द्रीय प्रचारप्रसार समितिले हटाएको हो।

नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा भएको मतगणना र परिणाम सार्वजनिक भएसँगै प्रचारप्रसारका लागि टाँगिएका सामग्री हटाउनुका साथै प्रदर्शनी मार्गमा भएको फोहोरसमेत सफा गरिएको नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले बताए।

पार्टीको प्रचारप्रसार समिति अन्तर्गतबाट निर्माण गरिएको स्वागत र श्रृंगार समितिका संयोजक गोविन्द पुडासैनीलाई टाँगिएका प्रचार सामग्री हस्तान्तरण गरेर सरसफाइ गरिएको हो।

नेता शर्माले भने, ‘प्रचारप्रसार सामग्री जति हामीले टाँसेका थियौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशनको क्रममा प्रचारप्रसार भयो। केन्द्रीय प्रचारप्रसार समितिले उपत्यकाव्यापी एक हप्ते प्रचार अभियानका क्रममा टाँसिएका सामग्री जति छन्, ती सबै सामग्री केन्द्रीय प्रचारप्रसार समितिअन्तर्गत सबै साथी मिलेर हामी सरसफाइ गर्ने क्रममा लागेका छौं।’

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार